Logo
Logo

स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने


378
Shares

काठमाडौं । स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए । गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई रु सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्