Logo
Logo

धर्तीमै स्वर्ग


-नन्दा थापा/ बाजुरा


-नन्दा थापा/ बाजुरा

वीरेखोला झरना बाजुरा जिल्लाका प्रसिद्ध धार्मिकस्थल बडिमालिका, बूढीनन्दा जत्तिकै रमणीय ठाउँ छ । करिब एक सय ५० मिटर लम्बाइ रहेको झरनाको अवलोकनका लागि साँफे–मार्तडी सडकखण्डमा यात्रा गर्ने यात्रुहरु यहाँ पुगेर आनन्द लिने गरेको पाइएको छ । निकै सम्भावनाको बोकेको झरना भए पनि यसमा सरकारको चासो गएको पाइँदैन ।

बडिमालिका नगरपालिका–८ रापक र ६ कोर्धमा पर्ने वीरेखोलाको झरना देख्दा आजभोलि जोकोहीलाई पनि एकपटक अवलोकन गरेरै बाटो पार गर्ने मन लाग्छ । वीरेखोला झरनामा पुग्दा सबैलाई स्वर्ग धर्तीमै छ जस्तै लाग्छ । बर्खे सिजनमा पानीको बाहवका कारण हिलाम्मे भएको बाटो छिचोलेर भए पनि पर्यटक झरनाको मनमोहक दृश्यको मज्जा लिन वीरेखोला झरनामा पुग्छन् । साँफे–मार्तडी सडकखण्ड सदरमुकाम मार्तडीबाट ६ किलोमिटर रापकमा पर्ने वीरेखोला झरनाको मज्जा लिन पुग्ने गरेका छन् । मार्तडीका स्थानीय सीता थापा झरनासम्म पुग्ने बाटो व्यवस्थित हुनसके सुनमा सुगन्ध थपिने बताउँछिन् ।

वीरेखोला झरना नजिकै साँफे–मार्तडी सडक रहेकाले यात्रुहरु एकछिन सवारी रोकेर झरनाकोे अवलोकन गर्ने फोटो खिच्ने र रमाइलो गर्ने गर्छन् । गर्मीको बेला झरनाको चिसो सिरेटोको मजा लिन पर्यटक यहाँ पुग्छन् । वीरेखोला झरना हेरिरहँु लाग्ने खालको झरना भएकाले हेर्न आएको बताउँछन्, पर्यटक किशोर पौडेल ।

आ–आफ्नै काममा व्यस्त रहेको यहाँका नागरिक पछिल्लो सयममा कोरोना कहरकै कारण विदेशिएका पनि घरमै हुँदा आनन्द लिनका लागि यहाँ पुग्ने गरेका छन् । गौमुल गाउँपालिकाका उपाध्याक्ष सीता थापा यसको व्यवस्थापनका लागि स्थानीय सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउँछिन् ।

वीरेखोला झरना नजिकै साँफे–मार्तडी सडक रहेकाले यात्रुहरु एकछिन सवारी रोकेर झरनाकोे अवलोकन गर्ने फोटो खिच्ने र रमाइलो गर्ने गर्छन् । गर्मीको बेला झरनाको चिसो सिरेटोको मजा लिन पर्यटक यहाँ पुग्छन् । वीरेखोला झरना हेरिरहँु लाग्ने खालको झरना भएकाले हेर्न आएको बताउँछन्, पर्यटक किशोर पौडेल ।

यो झरनाको प्रवद्र्धन गर्न सके जिल्लाको आकर्षक गन्तव्यका रुपमा पहिचान हुनसक्ने सम्भावना रहेको छ । झरनाको प्रचारप्रसारका साथै प्रवद्र्धनका लागि डिभिजन वन कार्यलयको सहयोगमा बडिमालिका नगरपालिकाले व्यवस्थापनको काम अघि बढाउन लागेको नगरप्रमुख पदम बडुवाल बताए । वीरेखोल झरनासम्म आवतजावत गर्नका लागि सडक निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छिट्टै कार्यक्रम स्थानीय तह, प्रदेश तथा संघीय सरकारले ल्याउन सके वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

वीरेखोला झरनाको आँगनमै वाचन

जिल्लाको प्रमुख घुम्ने गन्तव्यका रुपमा चिनिएको वीरे झरनाको आँगनमै सिर्जना वाचन गरिएको छ । झरनाको शीतलता र इन्देणीसँगै साँटिएका जिल्लाका दुई दर्जन साहित्यिक स्रष्टाहरुले सिर्जना वाचन गरेका हुन् । सुदूर सहित्य प्रतिष्ठान बाजुराले वीरे झरनाको प्रचार र प्रवद्र्धनका लागि साहित्यकार जम्मा गराएर झरनास्थलमै पुगेर सिर्जना वाचन गरिएको प्रतिष्ठानका अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् । स्रष्टाहरुले गीत, गजल, कविता, मुक्तक, साइनो, देउडा, हास्य कमेडीजस्ता विधाहरु प्रस्तुत गरेका हुन् ।

नेपाली साहित्य विधामा कान्छो विधाका रुपमा विकाशित हँुदै गएको साइनोको दोस्रो वार्षिकोत्सवको अवसर पारी सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् । कार्यक्रम संयोजकका लागि स्थापित बीमा कम्पनी आइएमई फाइन इन्स्योरेन्स कम्पनी बाजुरा शाखाको प्रयोजन गरेको थियो ।

विमा सुविधा र विमाको महिमाबारे जानकारीसँगै साहित्यीक स्रष्टासँगको सहकार्य गर्न पाउँदा खुसी लागेको र सहकार्य आगामी दिनमा झनै प्रभावकारी बनाउने आइएमई लाइफ इन्सोरेन्स कम्पनी बाजुरा शाखा प्रमुख गोपालराज उपाध्यायले बताएका छन् ।

कार्यक्रममा साइनो विधाको महिमा, साइनोको सन्देश, लेखन संरचना र विकास क्रमबारे साइनो अभियान्ता सुरेन्द्र शाही गुलाब कान्छोले जानकारी गराएका थिए । साहित्य र सिर्जनाका क्षेत्रमा बाजुरामा पनि गरिब नरहेको र सबै विधामा कलम चलाउन सक्ने क्षमताका स्रष्टा रहेको सन्देश दिनका लागि पनि कार्यक्रमले भूमिका खेलेको गजलकार समेत रहेका कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

जैशी नै कार्यक्रमका प्रमुख अतिथि हुन् । प्रमुख अतिथि देखि कार्यक्रमका अध्यक्ष समेत सबै सहभागिले आफ्नो सिर्जना वाचन गरेका थिए । बडिमालिका नगरपालिका ६ रापक क्षेत्रमा पर्ने वीर झरना पछिल्लो केही वर्ष यता प्रमुख घुम्ने गन्तव्यका रुपमा परिचीत छ ।

करिब ढेड सय मिटर लामो दुरीमा खसेको झरना र सोही स्थानसँगै बगेको नदीको सुन्दर दृश्य र आसपास क्षेत्रको मनोरम प्रकृतिले मन लोभ्याउने गरेको छ । घुम्ने र फर्किने मात्र गरिएको क्षेत्रको संरक्षण र प्रवद्र्धनमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश कमिटी सदस्य प्रेम नेपालीले बताएका छन् ।

वीरे झरना सदरमुकाम नजिकको प्रमुख र सजिलो गन्तव्य बनोस भन्ने मान्यताका साथ प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठानका उपाध्यक्ष बन्दना रोकायाले बताएकी छन् ।

प्रतिष्ठानले यसअघि पनि पोरखे लेकमा हिँउको तन्नामाथि गजल वाचन, बार्जुकोट दरबारमा गजल तथा सिर्जना वाचन कार्यक्रम आयोजना गरेको थियो । दैनिक २०० बढीले अवलोकन गर्ने झरनालाई थप व्यवस्थित र नजिकै होटल पसलको व्यवस्थापनमा ध्यान दिनसके झनै महिना बढ्ने विश्वास धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्