Logo
Logo

आशाको बाटोमा नेपाल–चीन सम्बन्ध


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको छ । नेपाल र चीनबीच विसं २०१२ साउन १७ गते सन् १९५५ अगस्ट १ तारिख औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै भनेका छन् आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्या्उन इच्छुक रहेको कुरा सन्देशमा उल्लेख गरेका छन् । त्यस्तै राष्ट्रपति सीले अगाडि भनेका छन्– आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन् ।

यो भन्दा पहिले चिनियाँ स्टेट काउन्सीलर तथा विदेश मन्त्री वाङ यीले भिडियो कन्फ्रेन्सको माध्यमबाट नेपाल, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुसँग भएको छलफलमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै विदेशमन्त्री यीले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वाङले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्रीको सहयोग गर्ने पनि बताए । नेपालमा ७० प्रतिशतभन्दा बढी व्यक्तिहरु कोरोना भाइरसको संक्रमणबाट निको हुनुलाई राम्रो उपलब्धि भएको वाङले बताएका थिए । भिडियो वार्तामा विदेशमन्त्री वाङले कोरोना भाइरसको नियन्त्रणमा नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले गत साता बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार नेपालसहित छिमेकी देशसँगका सीमानाका खोल्ने तयारी गरेको छ । प्रवक्ता वाङ वेनविनले भने– ‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ ।’ यसबारे चीन, नेपाल, अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार टेली कन्फ्रेन्समार्फत छलफल भएको थियो ।

यी त भए नेपाल–चीनबीच सधैँजस्तो उच्चतहमा हुने कुराकानीका दृष्टान्त । के नेपाललाइ चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेजस्तो– नेपाल–चीनबीचको सम्बन्धलाई उच्च महत्वमा राखेका छन् त ? वर्तमानमा एकपल्ट नेपाल–चीन सम्बन्धको धरातलीय यथार्थ हेरौं त ? चीनको तिब्बतसँग नेपालको लगभग १४५० किलोमिटर सीमा जोडिएको छ । त्यसमा चालु अवस्थामा रहेको भनिएको रसुवा र तातोपानी नाका हाल बन्दप्रायः छ । एकमात्र अन्तर्राष्ट्रिय नाका भनिएको रसुवाको केरुङबाट जम्माजम्मी दिनको तीनवटा ट्रकमात्र चीनले नेपाल प्रवेश गनर्Þ दिएको छ । चीनतर्फ नेपाली आयातकर्ताहरुले मँगाएका सामान बोकेर सैकडौं ट्रकहरु नेपाल प्रवेश गर्न नपाएर चीनतर्फ अड्किएर बसेका छन् । नेपाल सरकारको ठूलो कूटनीतिक प्रयासबाट खुलेको तातोपानी नाका त बाढी पहिरोको निहुँले बन्दाबन्दीकै अवस्थामा छ ।

यस्तै नेपालले कूटनीतिक पारस्परिकतालाई तिलाञ्जली दिंदै चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा शुल्कमुक्त अनअराइभल भीसा प्रदान गरेको छ । तर सोही सुविधा नेपाली नागरिकलाई प्राप्त छैन । यसको विपरीत चीनले परम्परागत रुपमा चलिआएको नेपाली नागरीकहरुको मानसरोवर तीर्थ जाने सुविधा पनि खोसेको छ ।

प्रधामन्त्री केपी ओलीको सन् २०१६ र २०१८ मा भएको चीन भ्रमणमा चीनसँग व्यापार तथा पारवहन लगाएत थुप्रै सम्झौताहरु भएका थिए । त्यतिबेलादेखि नै नेपाल भूपरिवेष्ठितबाट भूजडित मुलुक भयो भनेर भनिराखिएको छ । त्यो क्रियान्वयन हुन त नेपाल–चीनबीचको सीमामा कैयौं स्थानमा बाह्रै महिना दुईतर्फी चल्ने सडकको निर्माण गर्नुपर्छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वार्षिक दिवस मनाउँदै रहँदा नÞेपाल–चीनबीच एउटा पनि भरपर्दो सड़क नहुनु दुर्भाग्यपूर्ण कुरा हो । यसमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीको गम्भीर ध्यान पुगोस् । छिमेकीको समृद्धिको अनुभव नेपाली जनताले पनि प्राप्त गर्न सकुन् ।

Twitter : @rmshghimire

प्रतिक्रिया दिनुहोस्