काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय अशोक कुमार साहुलाई पक्राउ गरेको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने साहुले आकर्षक तलबको प्रलोभन देखाएर एक पीडितबाट ४ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं-३२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका साहुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।














