Logo
Logo

कर्मचारीलाई चुनाव लाग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० साउन । निजामती कर्मचारीका ट्रेड युनियन खारेजको माग उठिरहेका बेला सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते मिति घोषणा गरिएको छ । कलानिधी पौडेललाई प्रमुख निर्वाचन अधिकृतमा तोकिएको छ ।

कोभिड–१९ का कारण असोजमै चुनाव हुनेमा भने आशंका गरिएको छ । तर, पनि चुनावको लागि कर्मचारी नेताहरुको दौडधुप भने सुरु भइसकेको छ ।

अहिलेको प्रावधानअनुसार आधिकारीक ट्रेड युनियनको चुनावमा व्यक्ति नभई संगठन उम्मेदवार हुने प्रावधान छ । सोही प्रावधानअुनसार तत्कालिन एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएर अध्यक्ष र उपाध्यक्ष पद पाएको थियो । अध्यक्षमा पुण्य ढकाल उपसचिवमा बढुवा भएपछि उनले सो पद छाडेका छन् । उपाध्यक्ष भोला पोखरेल कार्यवहाक अध्यक्ष बनेका छन् ।

त्यतिबेला तत्कालीन माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तेस्रो भएको थियो । अहिले पार्टी एक भएको छ । तर संगठनबीच एकता भएको छैन । जसकारण चुनावमा एउटै पार्टी निकट दुई संगठनबीच प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । अघिल्लो चुनावमा राकसले १० प्रतिशत मत ल्याएको थियो भने, संगठनले ५३ प्रतिशत ।

मिति घोषणा भएपनि अहिलेसम्म मतदाता समेत तय भइसकेका छैनन् । स्थानीय तहमा समायोजन भएका कर्मचारी मतदाता हुने कि नहुने अन्योल छ । यससम्बन्धि नियमावली संशोधन आवश्यक छ । अर्काेतर्फ अब व्यक्तिलाई पहिले नै अध्यक्षको उम्मेदवार तोक्नुपर्ने दबाब पनि निजामती कर्मचारी संगठनमा छ । यसअघि उम्मेदवार नतोक्दा पार्टीले नै पछि हस्तक्षेप गर्नुपरेको थियो । व्यक्ति नतोक्दा चुनाव हार्न सक्ने सम्भावना समेत रहेको संगठनका नेताहरु बताउँछन् । आधिकारीक ट्रेड युनियनको अध्यक्ष बन्न मोहन घिमिरे, भोला पोखरेल, केदार देवकोटाबीच प्रतिस्पर्धा सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्