
काठमाडौं । गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धि नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात बन्द गरेपछि यात्रु मारमा परेका हुन् ।
सार्वजनिक यातायात बन्द हुँदा शनिबार लोकसेवाको परीक्षा दिन पोखरा पुगेर अलपत्र परेका यात्रुलाई आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ र चितवनतर्फ पठाएको छ ।
यात्रुलाई गन्तव्यसम्म पु¥याउन सशस्त्रले शनिबार पनि १९ वटा बस स्कर्टिङ गरेर पठाएकाे थियो । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गर्दै आएको छ ।
बन्दको कारण पोखराबाहेक अन्य ठाउँमा पनि हजारौँ यात्रु अलपत्र परेका छन । पोखरामा अलपत्र परेका यात्रुलाई आज बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।