काठमाडौं । एयर इन्डियाको काठमाडौं-बैंङ्लोर सिधा उडान सुरु भएको छ । जुन १ अर्थात् आइतबारदेखि बिहानको समयमा एयर इन्डियाले दैनिक उडान सुरु गरेको हो ।

शिक्षा, स्वास्थ्योपचार, व्यवसाय र पर्यटनका लागि नेपालबाट हजारौँको सङ्ख्यामा आवतजावत हुन थालेपछि एयर इन्डियाले बोइङ विमानमार्फत् उडान सुरु गरेको छ ।
बिहान ५ः०५ बजे बैंङ्लोरबाट काठमाडौँका लागि छुट्ने उक्त विमान बिहान ८ः०५ बजे काठमाडौँमा अवतरण गर्ने र ९ः०५ बजे काठमाडौँबाट बैंङ्लोरका लागि उड्ने कार्यतालिका छ ।














