Logo
Logo

बिहे गर्ने उमेर घटाउन माग 


441
Shares

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विहे गर्ने उमेर कम गर्नुपर्ने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा मन्त्री साहले सामाजिक,धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन् ।

सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेकोमा उनले त्यसलाई १८ वर्षमा ल्याउनुपर्ने बताए ।  उनले यससँग सम्बन्धित प्रस्ताव सङ्घीय संसद्मा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्