Logo
Logo

विमानस्थलका एक्सरे टेक्निसियनसँग १४ करोडको अकुत सम्पति, अख्तियारद्वारा मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सारका एकजना रेडियो अपरेटरविरुद्ध १४ करोड रुपैयाँ भन्दा बढीको ‘अकुत’ आर्जनसम्बन्धी मुद्दा बिशेष अदालतमा पेश गरेको छ ।


विमानस्थल भन्सारमा लामो समयदेखि एक्सरे अपरेटरका रुपमा कार्यरत श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत मुद्दा दायर गरेको हो । भन्सारमा उनले सामानको एक्सरे गर्दथे ।
उनी सुन तस्करी प्रकरणमा पक्राउ परेका कर्मचारी हुन् । एक्सरेको क्रममा सुन देखिएपनि देखिएको रिपोर्ट बनाएर सुन पास गराउदथे । पूर्व एसएसपी श्याम खत्रीसँग मिलेर उनले सुन तस्करी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्