
काठमाडौं । गौशालाको पिंगलास्थानस्थित होटल प्राइम सुइटमा एक युवकले आत्महत्या गरेका छन् ।
हिजो (बुधबार) विदेशबाट फर्किएका बुबालाई एयरपोर्टमा स्वागत गरेपछि होटल प्राइम सुइटमा बसेका नवलपरासी पालिन्दन गाउँपालिका– ६ का २४ वर्षीय निराजन चौधरीले आत्महत्या गरेका हुन् ।
बुबा वीरेन्द्र र आमा एक कोठामा र छोरा निराजन अर्को छुट्टै कोठामा बसेका थिए । तर, बिहीबार बिहान ढिलोसम्म कोठा नखुलेपछि प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत फेला परेका हुन् ।
उनी होटलको बेड सजाउन राखिने कपडाको टुक्राले घाँटीमा पासो लगाई पङ्खामा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।














