
काठमाडाौं । एभरेष्ट बैंक लिमिटेडले इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । आफ्नो विद्युतीय सेवा विस्तारको क्रममा बैंकले जेठ २० गतेदेखि आफ्ना ग्राहकहरूका लागि यो सेवा सुचारु गरेको हो ।
मोबाइल बैंकिङ एपमार्फत यो पूर्ण डिजिटल कार्ड सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई कम्तीमा ५० हजारदेखि अधिकतम ५ लाखसम्मको क्रेडिट सीमा उपलब्ध गराउँछ ।
ग्राहकहरूले फोन पे क्यूआर स्क्यान गरी सजिलै सामान तथा सेवाको भुक्तानी गर्न, अनलाइन लेनदेन गर्न र कार्ड व्यवस्थापन कार्यहरू गर्न सक्नेछन्।
बैंकका अनुसार, यो सेवा प्रयोग गर्ने ग्राहकले ४५ दिनसम्म क्रेडिट सुविधा उपभोग गर्न पाउनेछन्। साथै, कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि १०० प्रतिशतसम्म रकम भुक्तानी गर्ने लचिलो सुविधा समेत उपलब्ध छ, जसले ग्राहकलाई वित्तीय सहजता दिनेछ।
यस डिजिटल क्रेडिट कार्ड सेवा मार्फत भुक्तानी प्रक्रिया अझ द्रुत, सरल र सुरक्षित बनाउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।











