Logo
Logo

खोटाङका तत्कालीन जिशिअसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


1.4k
Shares

The current image has no alternative text. The file name is: akhtiyar.gif

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) ज्ञानमणि नेपालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्री कृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माको ४ कोठे भवन निर्माणमा अनियमितता गरेको आरोपमा शुक्रवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । 
 
आयोगले तत्कालीन जिशिअ ज्ञानमणि नेपाल, जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, सबइन्जिनियर शिवराज राई, विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई, अर्का अध्यक्ष टिकाराम राई, र भवन निर्माणमा संलग्न जय प्रसाद राईविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । 
 
अख्तियारका अनुसार, उनीहरूले विद्यालय भवन निर्माणका क्रममा झुटा बिल र भरपाईका आधारमा २५ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको आरोप छ। यो रकम व्यक्तिगत लाभका लागि दुरुपयोग गरी नेपाल सरकार र सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्‍याउने बदनियत राखेको आयोगको ठहर छ ।  

आयोगले सबै आरोपितविरुद्ध २५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको छ । विशेष अदालतमा दायर यो मुद्दाले भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियता र जवाफदेहिताप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्