Logo
Logo

देउवाले ‘माधव नेपालमाथिको मुद्दा के हो ?’ भन्दा आश्चर्यमा परेँ प्रचण्ड 


10.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर भएको मुद्दाबारे देउवाले प्रचण्डसँग चासो राखेका छन् ।

प्रचण्डका अनुसार, देउवाले बिहीबार फोनमार्फत माधव नेपालमाथिको मुद्दाबारे जिज्ञासा राखेका थिए । प्रचण्डले भने, “शेरबहादुरजीले मलाई ‘माधव नेपालमाथिको मुद्दा के हो ?’ भनेर सोध्नुभयो । यो सुनेर म आफैँ आश्चर्यमा परेँ ।” 

प्रचण्डले जवाफमा देउवालाई उल्टै प्रश्न गर्दै भने, “तपाईँलाई नै थाहा हुनुपर्ने हो नि!” यो संवादमा ठट्टा भएको र देउवालाई पनि यो मुद्दाबारे जानकारी नभएको प्रचण्डले बुझेको बताए । उनले भने , “देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन भन्ने मैले बुझेँ ।”

प्रतिक्रिया दिनुहोस्