Logo
Logo

वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समयसीमा


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउन आज साँझ ६ बजेसम्मको समयसीमा तोकेको छ । आइतबारदेखि सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनमा सहमति नहुँदा छैटौँ दिनसम्म लम्बिएको छ ।

सम्मेलन पहिले कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन भएको थियो, तर शुक्रवारदेखि चाबहिलको मित्रपार्कस्थित गोल्डेन पार्टी प्यालेसमा स्थानान्तरण गरिएको छ । पछिल्ला तीन दिनदेखि नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास जारी रहे पनि सफलता हासिल भएको छैन । सहमति खोज्न निर्वाचन आयोगले तीनपटकसम्म निर्वाचन कार्यतालिका संशोधन गरिसकेको छ ।

माओवादी केन्द्रले नेतृत्व चयनमा सहमति जुटाउन पार्टी उपमहासचिव शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ । बस्नेतसँगै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र संगठनका अध्यक्ष सुवोध शेर्पाली सहमति खोज्न निरन्तर छलफलमा छन्।  शेर्पालीले शुक्रवार साँझसम्म नयाँ नेतृत्व चयन हुने दाबी गरेका छन् ।

अध्यक्षका आकांक्षीको सङ्ख्या १३ बाट घटेर तीनमा झरेको छ । वर्तमान उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, र सचिव कर्म पुलामीबीच सहमति जुटाउन कठिनाइ भइरहेको छ । तीनै जना आ९आफ्नो अडानमा रहँदा सहमति बन्न नसकेको हो । 

पार्टी सचिवालयले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएको छ । निर्वाचन आयोगका अनुसार सम्मेलनमा १,५३४ प्रतिनिधि सहभागी छन्। उम्मेदवारको अन्तिम नामावली साँझ ५:२० मा प्रकाशित गर्ने कार्यतालिका छ, तर मतदानको समय भने ‘तत्कालीन अवस्था अनुसार’ हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्