काठमाडौं । नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार (२३ जेठ) साँझ कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ, भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति कोसी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ ।
शनिवार दिउँसो (बिहान ६ देखि साँझ ६ बजेसम्म) कोसी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोसी प्रदेशका थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षारहिमपातको सम्भावना रहेको जनाएको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी गर्न अनुरोध गरिएको छ ।














