Logo
Logo

वाइसीएलको अध्यक्षमा पुष्प ओलीको नाममा सहमति


3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्व चयनमा सहमति जुटेको छ । पुष्प ओलीलाई अध्यक्ष र गणेश शाहीलाई महासचिवमा सर्वसम्मत चयन गरिएको छ । ओली हाल वाईसीएलको उपमहासचिव र शाही समितिको सक्रिय सदस्य हुन् ।

The current image has no alternative text. The file name is: puspa-oli.gif

आइतबारदेखि काठमाडौंमा सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनमा सहमति नहुँदा चारपटक निर्वाचन कार्यतालिका संशोधन भएको थियो । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबारसम्म चलेको सम्मेलन शुक्रवारदेखि चाबहिलको गोल्डेन पार्टी प्यालेसमा स्थानान्तरण गरिएको थियो ।

वाईसीएल नेताहरूका अनुसार, अध्यक्ष पदका लागि सुरुमा १३ जना आकाङ्क्षी थिए । पछिल्लो चरणमा केहरसिंह कुँवर, पुष्प ओली र कर्म पुलामीबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो । कुँवर हाल उपाध्यक्ष र पुलामी सचिव छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्