Logo
Logo

बाजुरामा फेरि ३ जनामा कोरोना पुष्टि


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २३ साउन । बाजुरा जिल्लामा तीन जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । त्रिबेणी नगरपालिकाका २ र खप्तड छेडेदह गाउँपालिकाका १ जना गरी ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन ।

त्रिबेणी नगरपालिकाका २ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका र खप्तड छेडेदहका वर्ष २३ का संक्रमित होम क्वारेन्टाइनमा बसेका पन्तले बताएका छन । यो सँगै बाजुरामा संक्रमीतको सख्या ५७५ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा ५७० जना निको भइसकेका र ३ जना आइसोलेशनमा भर्ना रहेका छन् भने २ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्