Logo
Logo

वामपन्थीको हातबाट सत्ताको चाबी लिनुपर्छ : कोइराला


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भएपनि सत्ताको चाबी वामपन्थीको हातमा भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताएका हुन् ।

फाइल फोटो

उनले कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए । नेता कोइरालाले भने, ‘अत्यन्तै अप्ठेरो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन । कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ ।’

उनले अराजकता रोक्न कांग्रेसले मात्रै सक्ने तर्क गर्दै भने, ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ ।’ कांग्रेस सरकारमा भएपनि सत्तामा नरहेको जिकिर गरे । उनले भने, ‘सरकार र सत्ता फरक कुरा हुन् । हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस् ।’

उनले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुप¥यो नि त ।’ एमालेले गलत काम गरिरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताए । ‘गलतलाई गलत भन्न सकेनन् भने ती कांग्रेसका कार्यकर्ता होइनन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्