Logo
Logo

माओवादी र एमाले फुट्नु गल्ती भयो : सुदन किराँती


8.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदनकिराँती ले माओवादी र एमाले मिलेर बनेको नेकपा फुट्नु आफूहरूको गल्ती भएको बताएका छन् । 

माओवादी र एमालेको एकता फुटेदेखि नै राजनीतिक अस्थिरता उत्पन्न भएको र त्यसलाई राजावादीले अवसरका रूपमा उपयोग गर्न खोजेको दाबी पूर्वमन्त्री किराँतीले गरेका छन् । 

‘देशका ठुला कम्युनिस्ट पार्टी माओवादी र एमाले एक भयौँ । एउटा गतिमा नपुग्दै फुट्यौँ। फुट्नु हाम्रो गल्ती भयो। यसबाट राजनीतिक अस्थिरता भयो । अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो’, रासससँगको अन्तर्वार्तामा नेता किराँती ले भनेका छन्, ‘उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दै छन् । यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन । तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ।’

प्रश्न : मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि एक भएर लडेका दलहरूबिच पछिल्लो समय ससाना विषयले दूरी बढाउँदै छन् । मुलुकलाई पछाडि फर्काउने चाहने शक्तिहरूले त्यही ‘स्पेस’मा खेल्न खोजिरहेको देखिन्छ । दलहरूको गतिविधिले नै त्यसलाई प्रेरित गरेको जस्तो लाग्दैन ?

किराँतीको जवाफस् संविधान निर्माणसँगै दलहरूका बीचमा समीक्षा हुनुपर्थ्यो। अथवा संविधान निर्माणअघि नै हामीले त्यो ‘बटमलाइन’ बनाउनुपर्थ्यो। हामी त्यहीँदेखि नै चुक्दै आयौँ । नेपाली राजनीतिमा पछिल्लो १८ वर्षमा तीनवटा घुम्तीमा हामी चुक्यौँ। पहिलो, दलहरू मिलेर मात्रै निरङ्कुश राजतन्त्रलाई परास्त गरेका हामीले संविधान निर्माणपश्चात् गणतन्त्रलाई जवानी बनाइन्जेलसम्मका लागि सहकार्यमै आर्थिक विकास गरौँ । आर्थिक विकासको एजेन्डा तथा शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो बटमलाइन यो हो भनेर १० देखि १५ वर्ष सहकार्य गर्छौँ भनेर प्रतिबद्धता जनाउनुपर्थ्यो। हामी त्यतातर्फ नगएर सरकार ढाल्ने र बनाउनेतिर मात्रै गयौँ । दोस्रो, शान्ति प्रक्रियामा हस्तक्षर गर्ने दुई पक्ष माओवादी र कांग्रेस थियो। अरू नमिले पनि यी दुई पार्टीले देशको आर्थिक विकासको जग १० वर्षमा बनाउने गरी वाचा गर्नुपर्नेथ्यो । त्यहाँ पनि चुकियो । तेस्रो, देशका ठुला कम्युनिस्ट पार्टी माओवादी र एमाले एक भयौँ । एउटा गतिमा नपुग्दै फुट्यौँ । फुट्नु हाम्रो गल्ती भयो । यसबाट राजनीतिक अस्थिरता भयो । अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो । उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दै छन् । यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन । तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्