काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचार मुद्दालाई आधारहीन भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले गलत आरोपहरूको डटेर सामना गर्ने बताए ।

“सबै गलत आरोपविरुद्ध दृढतापूर्वक उभिन्छु। मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिन ल,। अन्यायको हार रनेछ, राय” उनले भने । नेपालले आफूले कहिल्यै एक पैसा घुस नलिएको र कुनै निजी स्वार्थका लागि काम नगरेको दाबी गरे। “हामीले असल मनसायले काम गरेका छौँ, आत्तिनु पर्ने कुनै कारण छैन। चुनौतीको सामना गर्छौँ, भाग्दैनौँ,” उनले भने ।
अख्तियारले बिहीबार पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्रीको अनुमति दिने मन्त्रिपरिषद् निर्णयमा भ्रष्टाचार भएको भन्दै नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो मुद्दाले मन्त्रिपरिषद्का नीतिगत निर्णयहरूलाई लिएर नयाँ बहस छेडेको छ ।
नेपालले आफूमाथिको आरोपलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै न्यायिक प्रक्रियामार्फत सत्य स्थापित हुने विश्वास व्यक्त गरे। “हामीले कुनै गलत काम गरेका छैनौँ। अदालतले सत्यको पक्ष लिनेछ,” उनले भने ।
यो मुद्दाले नेपालको राजनीतिक करिअरमा नयाँ चुनौती थपेको छ भने अन्य पूर्वप्रधानमन्त्रीहरूमाथि पनि यस्तै प्रकृतिका अनुसन्धान हुन सक्ने सम्भावनालाई बल पुर्याएको छ ।














