Logo
Logo

पूर्वयुवराज्ञी हिमानी शाह जुम्लामा : सुत्केरी सेवा केन्द्रको शिलान्यास


630
Shares

जुम्ला । पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन् । हिमानी ट्रष्टद्वारा गुठिचौर गाउँपालिकाको मनिसाङ्घमा निर्माण हुन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि उनी जुम्ला पुगेकी हुन् ।

जुम्ला विमानस्थलमा स्थानीयवासीले उनको भव्य स्वागत गरेका थिए। हिमानी ट्रष्टले सामाजिक सेवाको हिस्साका रूपमा यो सुत्केरी सेवा केन्द्र निर्माण गर्न लागेको हो, जसले मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सुदृढ बनाउने लक्ष्य राखेको छ । 

स्थानीयवासीले यो पहललाई मातृ र शिशु स्वास्थ्य सुधारका लागि सार्थक र भावनात्मक योगदानका रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्