Logo
Logo

अख्तियार प्रयोग हुने होइन, काम गर्ने संस्था हो : प्रधानमन्त्री ओली


1.4k
Shares

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग हुने संस्था नभई काम गर्ने संस्था भएको बताएका छन् ।

शनिबार मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा २०० बेडको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको सन्दर्भमा पत्रकारले सोधेका प्रश्नमा ओलीले जवाफ दिए, “अख्तियार कसैमाथि प्रतिशोध साँध्न प्रयोग हुने संस्था होइन, यो काम गर्ने स्वायत्त निकाय हो ।”

प्रतिक्रिया दिनुहोस्