Logo
Logo

सरकारले बजेटमा मनपरी गर्यो : वर्षमान पुन


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले बजेटमा २ लाखसम्मका साना योजनाहरू पनि सङ्घीय सरकारअन्तर्गत राखेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: barsaman-1.gif

 शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजनाहरू सङ्घअन्तर्गत नराखिएको दाबी गरे पनि सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखका योजनाहरू समावेश भएको पाइएको बताए ।

पुनले भने, “सहरी विकास मन्त्रालयको बजेटमा २ लाखका योजनाहरू समेटिएको छ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई ३ करोडको कुरा गर्दा २५ लाखभन्दा तलका योजना नराखिएको जवाफ दिए । तर, २ लाखका योजनाको कुरा उठाउँदा उहाँ जवाफ दिन सक्नुभएन ।” 

उनले सरकारले बजेटमा मनपरी गरेको र सहरी विकास मन्त्रालयमा मात्रै ३० देखि ३२ अर्बको चलखेल भएको दाबी गरे । “३ करोडको कुरा होइन, २ लाखका योजनाहरू राखिएको छ। साना–ठुला सबैखाले योजनामा मनपरी गरिएको देखिन्छ,” उनले भने ।

पुनले बजेटमा १६औँ योजनाको कुनै उल्लेख नभएको र संविधान जारी भएयता माओवादी केन्द्रले विपक्षीको हैसियतमा पहिलो पटक बजेटमाथि आफ्नो धारणा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्