Logo
Logo

प्रदोष व्रत : शिव भक्तहरूको विशेष दिन


504
Shares

काठमाडौं । हिन्दु धर्ममा प्रत्येक महिनाको त्रयोदशी तिथिलाई प्रदोष व्रतको रूपमा मनाइन्छ । भोली जेठ २५ आइतबार प्रदोष व्रत रहेको छ । यो व्रत भगवान् शिवको आराधना र स्मरणका लागि विशेष मानिन्छ । प्रदोष व्रतले मन, शरीर र आत्मालाई शुद्ध बनाउने विश्वास गरिन्छ । शिव गायत्री मन्त्र ‘ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्’ को जप प्रदोष व्रतमा विशेष फलदायी मानिन्छ ।

प्रदोष भनेको के हो ?

प्रदोष त्रयोदशी तिथिमा पर्ने विशेष समय हो, जुन सूर्यास्तको ४५ मिनेट अघिदेखि सूर्यास्तको ४५ मिनेटपछि सम्मको अवधिलाई जनाउँछ । शास्त्रअनुसार, चन्द्रमालाई क्षयरोग ९चन्द्रमाको प्रभाव कम हुने अवस्था० बाट मुक्त गर्न भगवान् शिवले त्रयोदशीका दिन कृपा गरेका थिए । यसै कारण त्रयोदशीमा भगवान् शिवको स्मरण गरी प्रदोष व्रत लिइन्छ । यो व्रतले सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

प्रदोषमा के गर्नुहुन्न ?

प्रदोष कालमा भगवान् शिवको पूजा नगरी भोजन गर्नुहुँदैन ।
व्रत बस्दा खाना, नुन, खुर्सानीजस्ता तामसी भोजनको सेवन गर्नुहुँदैन ।
मनमा नकारात्मक विचार ल्याउनु वा झगडा गर्नुबाट जोगिनुपर्छ ।

पूजा के-के राख्ने ?

प्रदोष व्रतको पूजामा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती फलफूल र मिठाई राख्नु पर्छ  । 

प्रदोष व्रतको महत्त्व

प्रदोष व्रतले भक्तहरूको मनोकामना पूरा हुने र भगवान् शिवको कृपाले जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । यो व्रतले रोग, शोक र नकारात्मक प्रभावबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। विशेषगरी, चन्द्रमासँग सम्बन्धित दोष निवारणका लागि यो व्रत प्रभावकारी मानिन्छ ।

हिन्दु धर्मावलम्बीहरूले प्रदोष व्रतलाई भगवान् शिवप्रति श्रद्धा र भक्ति प्रकट गर्ने अवसरका रूपमा लिन्छन् । यो व्रतले व्यक्तिगत र पारिवारिक सुख–शान्तिको मार्ग प्रशस्त गर्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्