Logo
Logo

नेपालमै पहिलोपटक ‘लिंग परिवर्तन’ अपरेसन


3.7k
Shares

काठमाडौं । नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै नेपालमै पहिलोचोटि सेक्स चेन्ज (मेल टु फिमेल) अपरेसन सम्पन्न गरिएको जानकारी दिएको हो ।

अस्पतालले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको जानकारी दिएको छ ।

र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको अस्पतालका प्रवक्ता सह प्रा.डा गोपाल सेढाईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शिक्षण अस्पतालका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका सर्जरी गरेको थियो । त्यसै क्रममा देशमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफल भएको हो ।

यसअघि नेपालका ट्रान्सजेन्डर व्यक्तिहरु लिंग परिवर्तन गर्न विदेश जानुपर्ने र धेरै खर्च गर्नपुर्ने बाध्यता थियो । तर, अब भने नेपालमै यो सुविधा रहेकाले ट्रान्सजेन्डर समुदायका व्यक्तिहरुले राहत पाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्