Logo
Logo

आज पनि सभामुखसँग सत्ता पक्ष र विपक्षीको आ-आफ्नै अडान


567
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउनेबारे प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

सभामुख घिमिरेले केहिबेरअघि एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका थिए । तर, छलफलमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षले आ–आफ्नै अडान दोहो¥याएपछि छलफल निष्कर्षबिहीन बनेको हो ।

छलफलका क्रममा सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाउँदै संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको भन्दै संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए ।

त्यसपछि बर्तौला र घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्री रमेश लखेकको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहो¥याएका थिए ।

जवाफमा प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने अडान दोहो¥याएका थिए । यद्यपि उनले आजै विपक्षी दलहरुको बैठक रहेकाले यसबारे थप धारणा त्यसपछि दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्