Logo
Logo

नागढुङ्गा-नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने


630
Shares

काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड भोलिदेखि थप ५ दिन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो ।

सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । यसअघि पनि उक्त सडक जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहेको थियो ।

नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्