Logo
Logo

प्रतिनिधि सभाको बैठक सर्‍यो


945
Shares

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे बस्ने तय भएकोमा सवा ३ बजेका लागि सरेको छ । विपक्षी दलहरूको बैठक जारी रहेकाले समय परिवर्तन गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: parliyament-1.gif

भिजिट भिसा प्रकरणका कारण पछिल्लो समय प्रतिनिधि सभाका बैठकहरू नियमित रूपमा सञ्चालन हुन सकिरहेका छैनन् । विपक्षी दलहरूले यो प्रकरणमा छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्, तर सत्तापक्ष यसमा सहमत भएको छैन ।

यो मुद्दा प्रवेश गरेसँगै गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाका बैठकहरू प्रभावित छन् । जेठ १५ गते विपक्षी दलहरूले बजेट प्रस्तुतिका लागि बैठकमा अवरोध गरेका थिएनन्, तर त्यसयता बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

संसद्को गतिरोध हटाउन शनिवार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो। उक्त छलफलमा संसद्को अवरोध हटाउने विषयमा कुराकानी भए पनि ठोस समाधान निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्