Logo
Logo

संसद् अवरोध : कांग्रेस र माओवादीबीचको छलफल निष्कर्षविहीन


1.6k
Shares

काठमाडौं ।  प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरूबिच भएको छलफल बिना सहमति टुङ्गिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की र माओवादीका उपमहासचिवद्वय वर्षमान पुन, शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

The current image has no alternative text. The file name is: parliyament.gif

माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग राखेको छ, तर कांग्रेस यो प्रस्तावमा सहमत भएको छैन । माओवादीका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा सेटिङ भएको विषयमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडान यथावत् रहेको तर, कांग्रेस समिति गठनमा सहमत नभएको बताएका छन् ।

कांग्रेस नेता कार्कीले छलफल सकारात्मक भए पनि सहमति नजुटेको बताए । यसअघि शनिवार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पनि बिना निष्कर्ष टुङ्गिएको थियो । शुक्रवार पनि प्रचण्डले कांग्रेस नेताहरू खड्का, कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग गरेको छलफल निष्फल भएको थियो ।

माओवादीसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै आएका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा छानबिन गरिरहेकाले थप समिति वा आयोग आवश्यक नरहेको अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्