Logo
Logo

राजावादी आन्दाेलन समिति दुईचिरा


3.8k
Shares

काठमाडौं । राजावादी आन्दाेलन संयुक्त समिति दुईचिरा भएकाे छ । नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले नै ‘अवसरवादी, अहंकारी र स्वार्थी बुढाहरू’का कारण आन्दोलन कमजोर भएको भन्दै आन्दाेलनलाई नयाँ शिराबाट अघि बढाउने घाेषणा गरेका छन् ।

आइतबार सामाजिक संजालमा नेपालले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गरे पनि उनीहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर परेको आरोप लगाएका छन् । उनले अब नयाँ सिराबाट युवाकाे नेतृत्वमा सशक्त आन्दोलन अघि बढ्ने बताएका छन् ।

नेपालले सामाजिक संजालमा सार्वजनिक गरेका धारणा:–

एक जनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए, स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रूपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो।

उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्‍यो। तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे। तर युवाले तुहिन दिने छैन। आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको मात्र धैर्य जरुरी छ। हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला।

अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ। साँच्चैका स्वतन्त्र नागरिकहरू, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए।

प्रतिक्रिया दिनुहोस्