
काठमाडौं । पोखरा महानगरपालिका–१५ वन क्याम्पसको बीच सडकमा एक पुरूषको शव भेटिएको छ । आज बिहान वन विज्ञान अध्ययन संस्थानको पर्खालसँगै जोडिएको सडकमा अन्दाजी ३०–३५ वर्षको पुरूषको शव भेटिएको हो ।
शवको छेउमा हथौडासमेत भेटिएको छ । उक्त शवको हलसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
हत्या हो वा दुर्घटना भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त शव विहानै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।