काठमाडौं । त्रिभुवन राजमार्ग अन्तर्गत नागढुंगा–नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द हुने भएको छ । यो सडक खण्ड स्तरोन्नतिको काम भइरहेको छ ।

बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ । यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो । त्यसअघि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो ।
तर, स्तरोन्नितको काम बाँकी भएकाले आजदेखि पुनः थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ । विभागले आइतबारसूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ । दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
सीतापाईला–रामकोट –धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ ।