
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले जम्बो पदाधिकारी बनाएको भन्दै त्यसबारे टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत वाईसीएलले ७५ जना पदाधिकारी बनाएको भन्दै संगठनात्मक अराजकताले सामाजिक अराजकता जन्माएकोमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।
‘वाईसीएलले ७५ जना पदाधिकारी नै बनाएछ । संगठनात्मक अराजकताले सामाजिक अराजकताको जन्म भएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो,’ उनले भनेका छन् ।
शुक्रबार सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले पुष्प ओलीको नेतृत्वमा ७५ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति बनाएको थियो । त्यसअघि ३५ जना पदाधिकारी रहेका थिए ।