काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको हो ।
महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने रहेको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस्’” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।