Logo
Logo

राप्ती नगरपालिकाले एकैपटक हटायो तीन डाक्टरसहित ७४ कर्मचारी


630
Shares

काठमाडौं । चितवनको राप्ति नगरपालिकाले एकैपटक ७४ जना कर्मचारी हटाएको छ ।

नगरपालिकाका जनप्रतिनिधिबीच विवादका कारण नागरिकको सेवा समेत प्रभावित हुनेगरी पटक पटक विवादित निर्णय गर्दै आएको राप्तीले आज सोमबारदेखि लागू हुनेगरी दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारी हटाएको हो ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएको भन्दै आजदेखि लागू हुने गरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको हो ।

जसमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन् ।

नगरपालिकाको यो निर्णयसँगै नगरका स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू र कृषि तथा पशु सेवा केन्द्रको सेवा प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्