
काठमाडौं । कास्कीको माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका हुन् ।
बेपत्ता भएका श्रेष्ठको गोताखोरले खोजी सुरु गरेका छन् । श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको जानकारी दिए ।