
काठमाडौं । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।
आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका गोरखाको शहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय श्रेष्ठको शव तालको गहिराइमा भेटिएको हो ।
बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।
गोताखोर टोलीले श्रेष्ठको शव आज बिहान १० बजेतिर तालको ३५ फिट गहिराइबाट बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।