Logo
Logo

भारतमा माओवादीद्वारा बरिष्ठ प्रहरी अधिकारीको हत्या


6.7k
Shares

काठमाडौं । भारतको सशस्त्र माओवादीले प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को हत्या गरेको छ । आफ्ना सर्वोच्च कमान्डरसहित सयौं कार्यकर्ता मारिएको घटनाको बदला लिने क्रममा उनीहरुले एसएसपीको हत्या गरेको जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार सोमबार बिहान छत्तीसगढको सुक जिल्लामा भएको एक बम विस्फोटनमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधिक्षक एसएसपी प्रकाश राव गिरिपुन्जेको मृत्यु भएको हो ।

माओवादीका सर्वोच्च नेता नाम्बाला केशवराव उर्फ बसवराजसहित ४०० माओवादीको हत्याको विरुद्ध सो पार्टीले भारत बन्द आह्वान गरेको समाचारमा उल्लेख छ ।

सुरक्षा मजबुत बनाउने क्रममा पैदल गस्तीमा निस्किएका प्रहरी अधिकारी बम विस्फोटनमा परेको उपमुख्यमन्त्री जिय शर्माले बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ भित्र भारतमा माओवादीलाई सखाप पार्ने र सन् २०२९ सम्म कम्युनिस्ट मुक्त भारत बनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्