
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य गरेको छ ।
विभिगले एक सूचना प्रकाशित गर्दै मेनपावरहरूको नवीकरणका लागि कार्याालय रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा गुगल लोकेशन राख्नुपर्ने प्रावधान गरेको हो ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरिएको जनाएको छ ।
जसमा वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरू, स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू लगायत विदेश पठाउनको लागि सूचीकृत भएका संस्थाहरूलाई नवीकरण गर्न भनिएकाे छ । नवीकरण नगरे कानुन बमोजिम कारबाही गरिने विभागले चेतावनी समेत दिएको छ ।
