Logo
Logo

‘प्रथम अटो व्यवसायी दिवस २०८२’ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न


189
Shares

काठमाडौं ।  प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा वृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रिकन्डिसन अटो व्यवसायी सङ्घ केन्द्रीय समितिले आज सोमबार आयोजना गरेको कार्यक्रम सङ्घका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्थापन कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा ७० जना बढीले रक्तदान गरिरहेको सङ्घका सल्लाहकार रुद्र ढुंगेलले जानकारी दिए । उनका अनुसार देशभरका अटो व्यवसायीहरूले रक्तदान गरेका थिए । सङ्घले यस प्रकारका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको जानकारी दिँदै आगामी दिनमा पनि निरन्तर गरिरहने उनले बताए ।

उक्त कार्यक्रममा अध्यक्ष रमेश कोइरालाले हरेक वर्ष जेष्ठ २६ गते देशभरिबाट सेकेन्डहेन्ड अटोमोवाइल्सको कारोबार गर्ने व्यवसायीहरुलाई समेटेर अटो व्यवसायी दिवस मनाउने भन्दै गत वर्ष सम्पन्न निर्वाचनको परिणामलाई लिएर फुटको बाटो रोजेका केही व्यवसायीलाई वार्ताबाट असन्तुष्टिको समाधान गर्ने गरी सङ्घको मुलधारमा समाहित हुन र व्यवसायीहरूमा भ्रम सिर्जना गर्ने कार्य बन्द गरी ब्यबसायीहरुको हकहितमा केन्द्रित हुन आब्हान समेत गरे । 

प्रतिक्रिया दिनुहोस्