Logo
Logo

लक्ष्मी सनराइज बैङ्कको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक


189
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । वातावरण संरक्षण र जलवायु परिवर्तनप्रति पारदर्शिता कायम गर्ने आफ्नो प्रतिबद्धता गर्दै बैङ्कले जिम्मेवार बैङ्किङको विश्वव्यापी अभ्यासलाई आत्मसात गरेको छ । प्रतिवेदन बैङ्कको दिगोपन रणनीतिको महत्त्वपूर्ण हिस्सा हो ।

कार्बन अकाउन्टिङ फाइनान्सियल (पिसिए) पद्धतिमा आधारित प्रतिवेदनले बैङ्कको ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्ट मापन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैङ्कको मूल्याङ्कन गरिएको पोर्टफोलियोबाट कुल २०२,०१३.४२ टन CO₂ बराबर (tCO₂e) उत्सर्जन भएको पाइएको छ । बैङ्कको जलविद्युत परियोजनामा गरेको लगानीले २०,३४७.११ (tCO₂e) उत्सर्जन रोक्न योगदान पुर्‍याएको छ। जसले स्वच्छ र नवीकरणीय ऊर्जाप्रतिको बैङ्कको समर्पणलाई उजागर गर्छ ।

नेपालको सन् २०४५ सम्म नेट शून्य उत्सर्जन (Net Zero Emission) लक्ष्यलाई समर्थन गर्दै बैङ्कले हरित वित्त, ऊर्जा-कुशल कर्जा, र वातावरणीय जोखिम व्यवस्थापनमा जोड दिएको छ । बैङ्कले आफ्ना सञ्चालन र ग्राहक सेवामा थ्रीआर (Reduce, Reuse, Recycle) दृष्टिकोणलाई प्राथमिकता दिएको छ।  

यही प्रतिबद्धताअन्तर्गत बैङ्कले चालु आर्थिक वर्षमा ‘मिसन १०,०००’ अभियानमार्फत १०,००० रूख रोप्ने लक्ष्य लिएको छ। हालसम्म ७,५०० रूख रोपिसकिएको छ, जसले जलवायु संरक्षणप्रति बैङ्कको मापनयोग्य योगदानलाई प्रष्ट्याउँछ ।  बैङ्कले आगामी दिनमा थप कर्जा वर्गहरूलाई समेटेर कार्बन उत्सर्जन मापनमा पारदर्शिता र जबाफदेहिता बढाउने योजना बनाएको छ । 

रिपोर्ट हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ: https://www.laxmisunrise.com/pcaf-partnership-for-carbon-accounting-financials-report-2023-2024/

प्रतिक्रिया दिनुहोस्