Logo
Logo

अर्काको नामको सात रोपनी जग्गा देखाई वैना लिई ठगी गर्ने ब्यक्ति पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ साउन ।
अर्काको नामको जग्गा देखाई आफ्नो जग्गा भनेर भ्रममा पारी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामेछाप घर भई टोखा बस्ने रामबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।


भक्तपुर जिल्लाको नङखेलस्थित सात रोपनी आठ आना जग्गा पाण्डेले १० लाख प्रतिआनाका दरले विक्री गर्छु भनि खोटाङ घर भई भक्तपुर वस्ने नयाँवर्ण राईलाई विश्वास दिलाई वैना वापत २६ लाख लिएर बेपत्ता भएका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई टोखाबाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा मर्चेण्ट फाईनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कृष्णमान श्रेष्ठ समेत भएको सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न रहेका राम प्रसाद पाण्डे समेतलाई काठमाण्डौ जिल्ला अदालतको एक वर्ष कैद र दुई लाख ४८ हजार जरिवाना गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्