लमजुङ । हिमालयन बैङ्क लिमिटेडले आफ्नो नजिकको शाखा सञ्जाल विस्तार गर्दै गौँडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं .५, जोर्ने, लमजुङमा ‘दूधपोखरी शाखा’ नामबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाले जेष्ठ २६ गतेदेखि सम्पूर्ण बैङ्किङ सेवाहरू प्रदान गर्न सुरु गरेको छ ।

नयाँ शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर गुरुङले बैंकका कर्मचारीहरू र विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिएको हो ।
हाल हिमालयन बैङ्क लिमिटेडले नेपालभर १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टरहरू, २८६ एटीएमहरू, ८,००० भन्दा बढी पीओएस टर्मिनलहरू र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।
यो नयाँ शाखाको स्थापनाले स्थानीय समुदायलाई सहज र गुणस्तरीय बैङ्किङ सुविधा उपलब्ध गराउने बैङ्कको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।