Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ल्यायो आकर्षक सुविधासहित ‘विशेष बचत खाता’


1.1k
Shares

काठमाडौं । काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (NEA)बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (NEA)बिच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित सो सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनतर्फ अध्यक्ष ई. श्री सुभाषचन्द्र बरालबाट हस्ताक्षर गरी व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ ।

सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट/क्रेडिट काडर्, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका (NEA) सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्