काठमाडौं । सी.जी. हिरो मोटोकर्पले धुलिखेलको “डर्ट टेम्पल” मा पहिलो संस्करणको “एक्सट्रयाक” इभेन्टमा ३०० भन्दा बढी राइडरको उत्साहपूर्ण सहभागितासहित सफलता हासिल गरेपछि, दोस्रो संस्करण पर्यटकीय सहर पोखरामा जेष्ठ ३१ गते आयोजना गर्ने भएको छ । यो इभेन्टले मोटरसाइकल प्रेमीहरूलाई डर्ट ट्रयाक र अफ–रोड राइडिङको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

पोखराको महेन्द्र गुफा नजिकै आयोजना हुने यो इभेन्ट बिहान १० बजेदेखि सुरु हुनेछ । सहभागी राइडरहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकलहरू, विशेष गरी हिरो एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो, विशेष रूपमा डिजाइन गरिएको ट्रयाकमा चलाएर आफ्नो अफ–रोड राइडिङ कौशल परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । इभेन्टमा सुरक्षा मापदण्डको पूर्ण पालना सुनिश्चित गरिनुका साथै, व्यावसायिक मार्शलहरूको प्रशिक्षण र निर्देशनमा राइडरहरूले आफ्नो राइडिङ कला निखार्ने र नयाँ राइडिङ टिप्सहरू सिक्ने मौका पाउनेछन् ।
इभेन्टमा सहभागिता जनाउन इच्छुक राइडरहरूले हिरो मोटोकर्प नेपालको आधिकारिक सोसल मिडिया पेजमार्फत निःशुल्क रजिस्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । सहभागीले चालक अनुमतिपत्र र आवश्यक सेफ्टी गियरहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । अनुभवी राइडरहरूका लागि कम्पनीले मोटरसाइकल उपलब्ध गराउनेछ भने सहभागीहरूलाई निःशुल्क एक्सपल्स ब्रान्डेड लिमिटेड एडिसन जर्सी समेत प्रदान गरिनेछ ।
सी।जी। हिरो मोटोकर्पको यो इभेन्टको मुख्य उद्देश्य युवा पुस्तामा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै अत्याधुनिक प्रविधियुक्त हिरो मोटरसाइकलहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो ।
यो इभेन्टले पोखराको पर्यटन र मोटरसाइकल उत्साहलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । थप जानकारी र रजिस्ट्रेसनका लागि हिरो मोटोकर्प नेपालको आधिकारिक सोसल मिडिया पेजमा सम्पर्क गर्नुहोस् ।