काठमाडौं । मधेश रुपेश सिंह र सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई सिरिज खेल्न शुक्रवार १५ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो । उक्त टोलीमा रुपेश र किरण समेटिएका हुन् ।

नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० सिरिज खेल्ने तय छ । टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन् । यी दुई खेलाडी एकदिवसीय टोलीमा थिएनन् ।
तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्शनकुमार झाले भने यो सिरिज गुमाउने छन् । यी दुई खेलाडी आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलअघि अभ्यास गर्दा घाइते भएका थिए ।