Logo
Logo

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्ने सहमति


315
Shares

काठमाडौं । एभरेष्ट बैंक र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।

उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्वारा प्रवद्र्धित परियोजना हो ।

यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिदबिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्