Logo
Logo

बेलायतको लडाकु विमानमा प्यालेस्टाइन समर्थकले हुलहुज्जत गरेपछि…


4.6k
Shares

काठमाडौं । बेलायतको अक्सफोर्ड नजिकै रहेको रोयल एयर फोर्सबेस ब्रिज नोर्टनमा प्यालेस्टाइन समर्थक दुई व्यक्तिले अनधिकृत प्रवेश गरी दुईवटा लडाकु विमानमा रातो रङ्ग छ्यापेका छन् ।

बीबीसीका अनुसार, प्यालेस्टाइन एक्सन नामक समूहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा रातको समयमा दुई जना स्कूटरमार्फत बेसमा प्रवेश गरेको र एअरबस भोयेजर ट्याङ्कर विमानको जेट इन्जिनमा स्प्रे पेन्ट गरेको देखिन्छ । उक्त समूहले सुरक्षा घेरा तोडेर विमानलाई सञ्चालन अयोग्य बनाएको दाबी गरेको छ ।

बेलायती रक्षा मन्त्रालयले यो घटनाको कडा निन्दा गर्दै प्रहरीसँग सहकार्य गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्यालेस्टाइन एक्सनका प्रवक्ताले बेलायतले इजरायललाई प्रदान गर्दै आएको सैन्य सहयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यो एयरबेस शाही वायुसेनाको रणनीतिक आपूर्ति र इन्धन भर्ने प्रमुख केन्द्र हो ।

प्रतिक्रिया दिनुहोस्