काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।

नेपाली राष्ट्रिय टोलीका उपकप्तानसमेत रहेका ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरिएको सुदूरपश्चिमले बताएको छ । उनको कप्तानीमा टोली पहिलो सिजनमा फाइनल पुगेको थियो, तर जनकपुर बोल्ट्ससँग उपाधि भिडन्तमा पराजित भएको थियो ।
ऐरीसँगै सुदूरपश्चिमले विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई पनि रिटेन गरेको छ ।











