काठमाडौं । विद्युतीय गाडी (ईभी)का प्रिमियम एसेसोरिजलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको कालोपुलमा अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । दिगो र स्वच्छ यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित स्थापना भएको यस कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका उच्च गुणस्तरका एसेसोरिज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीका अनुसार, अटो पार्लरले विभिन्न ब्राण्डका ईभी गाडीका लागि आवश्यक सबै प्रकारका एसेसोरिज प्रदान गर्नेछ । साथै, फिटिङ सेवा र बिक्रीपछिको सहयोग पनि उपलब्ध हुनेछ । हाल कम्पनीले बीवाईडी डल्फिन, बीवाईडी एट्टो–३, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याट जस्ता लोकप्रिय चिनियाँ गाडीका प्रिमियम एसेसोरिज उपलब्ध गराइरहेको छ । ‘हामीले हाल नेपाली बजारमा लोकप्रिय ब्राण्डका एसेसोरिजलाई प्राथमिकता दिएका छौँ। भविष्यमा बजारको मागअनुसार अन्य ब्राण्डका एसेसोरिज पनि थप्दै जानेछौँ,’ केसीले बताए ।
अटो पार्लरमा मिरर कभर, डोर ह्याण्डल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर र ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड र ३६० डिग्री क्यामेरा जस्ता एसेसोरिज उपलब्ध छन् । यस्तै, परम्परागत (आईसीई) गाडीका एसेसोरिज पनि यहाँ पाइन्छ ।
ग्राहकलाई सहज अनुभव प्रदान गर्न अटो पार्लरले प्राविधिक सहयोग, पर्याप्त पार्किङ सुविधा र फिटिङ सेवासमेत उपलब्ध गराएको छ । ग्राहकले आफूलाई चाहिने एसेसोरिज छनोट गरी तुरुन्तै फिटिङ गराउन सक्नेछन्। ‘हाम्रो उद्देश्य ग्राहकलाई उच्च गुणस्तरका उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्नु हो,’ प्रबन्ध निर्देशक केसीले भने ।











